रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा एक महिलाको निसास्सिएर मृत्यु भएको छ।
कोठाबाट धुवाँको मुस्लो निस्किएपछि छोराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए।
उनका अनुसार छोराले ढोका खोलेर हेर्दा आमाको दाहिने हातका ५ वटा औँला जलेको र सिरानी जलिरहेको थियो।
६० वर्षीया पम्फा बोहराको सुतिरहेको बेला धुवाँमा निसास्सिएर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।





