नेकपाका महासचिव विप्लवले १२ बुँदे व्याख्यात्मक बुँदा लत्रात्मक र लज्जास्पद बुँदा भएको भन्दै एमसीसी विरुद्धको लडाइँ अफिम युद्ध जस्तै हुनेवाला भएको बताएका छन्। महासचिव विप्लवले अमेरिका पाँच बर्षका लागी होइन, पाँच शताब्दीका लागी आउन खोजेको भन्दै यसका विरुद्ध देशभक्तहरु एक हुनुपर्ने बताए।
महासचिव विप्लवले नेपालको संसद अमेरिकी साम्राज्यवादको चाकडी गर्ने अखडा भएको भन्दै यसको औचित्य सकिएको पनि बताए । महासचिव विप्लवले संसदीय दलहरुले संसदबाट देशको राष्ट्रियता बेचिरहेका भन्दै फागुन १५ गते नेपालीहरुले इतिहासमा कहिल्यै बिर्सन नसकिने कालो दिन भएको बताएका छन् । एमसीसी संसदबाट जबर्जस्ती पास गरिएको भन्दै काला दिन लाद्ने काला मान्छेहरुको विरुद्धको संघर्षलाई अगाडी बढाउने बताए ।
उनले आजको भुमण्डलीकृत विश्वमा शक्ति राष्ट्रहरुले आफ्नो हस्तक्षेप बढाउनु स्वभाविक भएको भन्दै आजको साम्राज्यवादले विकासको नाउँमा नेपाल पस्न खोजेको छ । उनले एमसीसी भुमण्डलीकृत साम्राज्यवादको नीतिलाई लागु गर्ने योजना भएको भन्दै साम्राज्यवादको युद्धलाई जनताले नयाँ तरिकाले परास्त गर्न जरुरी छ ।
उनले एमसीसी एक्काइसौं शताब्दीको साम्राज्यवादले कमजोर देशहरुमाथि उपनिवेश बनाउने तोपभन्दा पनि खतरनाक नीति भएको भन्दै अनुदानको वहाना बनाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउन र प्राकृतिक स्रोतमाथि कब्जा गर्ने साम्राज्यवादी नीति भएको बताए ।
महासचिव विप्लवले केपी ओली, माधव, देउवा, प्रचण्ड र देउवाहरुले कुर्सीका लागी देश र जनतालाई बिर्सिएको भन्दै यो उनीहरुको मूर्खता भएको बताउदै श्रीलंका कम्युनिस्ट देश नभएर पनि त्यसले एमसीसी अस्वीकार गरेको बताए । विश्व इतिहासमा लेनिन र माओले कुनै समय देशको रक्षा कम्युनिस्ट पार्टी नै चाहिने कुरा बताएको भन्दै तर नेपालमा कम्युनिस्ट पार्टीको नाम भजाएर केपी, प्रचण्ड, माधवहरुले साम्राज्यवादका सामु आत्मसमर्पण गरेको बताएका छन् ।
उनले नेपाली जनतालाई झुक्याएर राष्ट्रघाती सम्झौता गर्नेहरु कम्युनिस्ट नहुने बताउदै अहिले साम्राज्यवादविरुद्ध लड्ने शक्तिशाली मोर्चा आवश्यक भएको बताएका छन् । उनले संसदका मुठ्ठिभर शासकहरुलाई देश बेच्ने अधिकार नभएको बताउदै सबै पार्टीहरुभित्र एमसीसीका विपक्षमा जबर्जस्ती बहस भइरहेको तर नेताहरु सिक्किमका राजा लेण्डुपेको भूमिकामा रहेको समेत बताए ।
उनले संसद अमेरिकी साम्राज्यवादको भजनमण्डली गाउने थलो भएकोले यो सार्वभौम नभएको भन्दै कांग्रेस नदी नाला बेचेर खाने र राष्ट्रिय उद्योगहरुलाई दलाल पुँजीपति वर्गको खल्तीमा हाल्दिने राष्ट्रघाती पार्टी भएको बताउदै एमसीसी पास गराउने कांग्रेसका नेताहरु साम्राज्यवादको जुठोपुरो खाएको बताए ।





