विशेष कारणवश बैठक स्थगित गरिएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । आजको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि रोकिएको छ ।
माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकोले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको थियो
माओवादीले आज केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने तयारी गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक पुस २२ गते बिहीबार दिउँसो १ बजे बोलाउनुभएको छ ।





