सरकारका संविधानविपरीत र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई आग्रहकेही न्यायाधीशको पृष्ठभूमि र भूमिकालाई लिएर कानुन व्यवसायीले इजलासमा प्रश्न उठाएका छन् ।
संवैधानिक इजलास गठनको विषयलाई लिएर पाँच राजनीतिक दल आबद्ध गठबन्धन नेताहरू समेत सशंकित बनेका छन् । प्रारम्भिक बहसकै क्रमबाट संवैधानिक इजलासमा परेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सहभागितालाई लिएर कानुन व्यवसायीले प्रश्न उठाएपछि आइतबार बसेको गठबन्धनको बैठकमा समेत यस विषयमा गम्भीर छलफल भएको थियो ।





