काठमाडौं, फागुन १९ गते । पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयका अनुसार चार हजार ९२४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ३२० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल सात हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् ।





