काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।गत चौबीस घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ।मंगलबार ८ हजार २ सय ६७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।हाल देशभर ७४ हजार ६ सय ५३ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा १० हजार ७ सय ७६ पीसीआर तथा ६ हजार ८९८ एन्टिजेन परीक्षण भएको छ।





