प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्वाचन आयोगका प्रतिनिधिसँग प्रधानमन्त्री देउवाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सकिने या नसकिने भन्ने विषयमा छलफल गरेका हुन् ।
सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन। तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन् ।
निर्वाचन आयोगसँगको छलफलपछि सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।





