अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन्। उनले प्रेमी रोहित तिवारीसँग बिहीबार विवाह गरेकी हुन्।

बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको बताएकी छन्। उनले दर्शकसमक्ष विवाहको समाचार बाँड्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको समेत बताएकी छन्।

व्यवसायी रोहित ‘हाम्रो बजार डटकम’ का प्रमुख कार्यकारी अधिकृत तथा फुडमारियोका सहसंस्थापक एवम् सिइओ हुन्।






