अक्टोबर-नोभेम्बरमा घरेलु मैदानमा हुने आईसीसी टी-२०विश्वकपकमा न्युजिल्याण्डसँग खेल्दै अष्ट्रेलियाले उपाधि रक्षा अभियान थाल्ने भएको छ । खेलतालिका अनुसार अष्ट्रेलिया र न्युजिल्याण्ड सुपर १२ को एउटै समूहमा परेका छन् ।
टी-२०विश्वकप अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुनेछ । त्यसमा सुपर १२ का खेलहरु अक्टोबर २२ देखि हुनेछ ।
अष्ट्रेलिया र न्युजिल्याण्डबीचको खेल अक्टोबर २२ मा सिड्नी क्रिकेट ग्राउण्डमा हुनेछ ।
सुपर १२ को समूह ए मा अष्ट्रेलिया र न्युजिल्याण्डसँगै इंग्ल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट आउने २ टिम हुनेछन् ।
यस्तै सुपर १२ को समूह बी मा भारत र पाकिस्तानसहित दक्षिण अफ्रिका र बंगलादेश छन् । भारत र पाकिस्तानबीचको खेल अक्टोबर २३ मा मेलवर्न मैदानमा हुनेछ ।
यस्तै पहिलो चरणको समूह ए मा श्रीलंका र नामिबिया छन् । पहिलो चरण अन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ मा गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ ।
यस समूहमा ग्लोबल क्वालिफायरबाट छनोट भएर बउने दुई टिम रहनेछन् । अर्को समूहमा स्कटल्याण्ड र वेष्ट इन्डिज छन् भने ग्लोबल क्वालिफायरबाट आउने दुई टिम रहनेछन् । टी-२०विश्वकपको पहिलो सेमिफाइनल सिड्नी क्रिकेट ग्राउन्डमा नोभेम्बर ९ र दोस्रो सेमिफाइनल एडिलेड ओभलमा नोभेम्बर १० तारिखमा हुनेछ । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउन्डमा नोभेम्बर १३ मा हुनेछ ।





