राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ। एक साताभित्र परीक्षा तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा तालिका तोक्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
कक्षा-१२ को परीक्षा जेठमा हुन्छ। यसै साता परीक्षा तालिका सार्वजनिक गर्छौं’, उनले भने। यो वर्षको परीक्षामा करिब पाँच लाख परीक्षार्थी सहभागी हुने बोर्डले जनाएकाे छ।





