त्रिभुवन विश्वविद्यालयले भोलि मंगलबारबाट अनलाइन माध्यमबाट पढाउने भएको छ। कोभिड-१९ का कारण अनलाइनबाट पढाउने त्रिवि कार्यकारी परिषदबाट निर्णय भएको त्रिविले जनाएको हो।
त्रिविले सबै क्याम्पसलाई अनलाइनबाट पढाउने व्यवस्था गर्न आग्रह पनि गरेको छ। त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।






