नबिल बैंकले भदौ महिनाको ब्याजदर सार्वजनिक गरेको छ ।
शुक्रबार कम्पनीले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकको असार महिनादेखि हालसम्म ब्याजदर स्थिर छ ।
बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । जेठमा भने कम्पनीले व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज तोकेको थियो । बैंकले जेठदेखि मुद्दति निक्षेपमा ब्याजदर परिमार्जन गरेको छैन ।
यसैगरी, बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ । साथै कम्पनीले भदौमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशत ब्याजदर तोकेको छ । कम्पनीको साउनमा पनि सोही ब्याजदर थियो ।
बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत छ । पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तनको आधारमा प्रत्येक महिनाको पहिलो दिनदेखि लागू हुने कर्जाको ब्याजदर स्वतः परिमार्जन हुने कम्पनीले बताएको छ ।कम्पनीको आधारदर ७.६३ प्रतिशत छ ।





