नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक १२ बजेपछि मात्रै सुरु भएको हो । शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार स्थगित भएर सोमबार ११ बजेका लागि तय भएपनि १ घण्टा ढिलो मात्रै सुरु भएको हो ।
आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ । पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्ष चयन गरेको थियो । माओवादीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई छ ।सहमतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास अध्यक्ष प्रचण्डको भएपनि उनको प्रयास असफल भएको छ ।





