काठमाडौँ – नेपाल बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ५।२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत, व्यक्तिगततर्फ ६.२५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज तोकेको थियो ।
बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.८८ प्रतिशत रहेकोमा घटेर ७.८७ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सक्नेछ ।





