पछिल्लो २४ घण्टामा देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि थप १ जनाको मृत्यु भएको छ ।
८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५९ हजार ४६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
नेपालमा निको हुने दर ९८.१ प्रतिशत रहेको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ६ हजार १५० पुगेको छ ।





