काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धनमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा भोलि मंगलबार पाँच दलीय गठबन्धन समन्वय समिति बैठक बोलाउने सहमति पनि भएको उनले जानकारी दिए ।
कोभिड–१९ बाट सङ्क्रमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिनयता निजी निवासको आइसोलेसनमा नै स्वास्थ्य लाभ लिइरहेएका थिए । हिजो आइतबार पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यसपछि अध्यक्ष प्रचण्डले पुनः राजनीतिक भेटघाटलाई निरन्तरता दिएका हुन् ।





