काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको विपक्षी गठबन्धनको बैठकले अलोकतान्त्रिक काम बारवाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेको छ ।
देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।
विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।
संयुक्त वक्तव्य यस्तो छ –






