वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। जोशीको शरीरमा अक्सिजन कमी भएकाले सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको छ।
साहित्यकार जोशीलाई एक हप्ता अस्पतालमा बस्नु पर्ने अवस्था रहेको बताए। मंगलबार भने स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिए। जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षमा प्रवेश गरेका छन्।





