नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यसअघि चुनाव बहिस्कार गरेको जिल्लाका तीनवटा पालिकामा उम्मेदवारी दिएको छ। पार्टीले सिंजा,कनकासुन्दरी र हिमा गाउँपालिकामा विभिन्न पदका लागि स्वतन्त्र उम्मेदवारी दिएको हो।
त्यस्तै सिंजा गाउँपालिकाको अध्यक्षका लागि प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवरी दर्ता गराएका छन्। कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष लागि कृष्ण सुनारले उम्मेदवारी दिएका छन्। त्यस्तै सिंजा १ अध्यक्षका लागि सक्तसिंह रोकायाले उम्मेदवारी दिएका छन्। सोही वडामा गंगा रोकायाले महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन्।
त्यस्तै हिमा गाउँपालिका ६ को अध्यक्षको लागि रमेश रावत (विक्रान्त) ले उम्मेदवारी दिएका छन्। उनले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
भ्रष्टाचारी तथा कमिसनखोर उम्मेदवार रोजेका कारण जनताले दुःख पाएका हुन् । उनले भने ‘यसपटक सचेत भएर योग्य व्यक्तिलाई मत दिन आग्रह गर्छु।





