काठमाडौं, फागुन २३ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरियो रङ्गकाे चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोगले जनाएको हो ।
स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन मसिले छपाइ गर्ने गरी आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सेतो कागजमा नीलो रङ्गको चुनाव चिन्हहरु थियो भने स्वस्तिक छाप पनि नीलो रङकै थियो ।
निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढ्वानी व्यवस्थापनका लागि हेलिकोप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृकरणका लागि सार्वजनिक सूचना गरिएको जानकारी दिए।





