-टपटेनखबरको प्रधान सम्पादकीय डेस्कबाट
राष्ट्रिपतिले २४ घण्टाको पनि समयनदिइ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको पक्रिया शुरु गर्न आह्वान गर्नुले सत्ताको छायाँमा राष्ट्रपति संस्थाको निर्रलज्जाताको पराकाष्ठ तथा षड्यन्त्रको ब्यारोमिटर उच्च देखिएको प्रष्ट हुन्छ । सामान्यतया नयाँ सरकार गठनको लागिन्यूनतम तीन दिनको समय दिने प्रचलन रहेकोमा २४ घण्टाको पनि समय नदिनु निकै ठुलो जालझेल र षड्यन्त्रहो । यस्तो कार्यको जति निन्दा गरे पनिकमै हुन्छ । यसले संविधान र लोकतन्त्रमाथी घात गर्ने प्रष्ट देखिन्छ । त्यतिमात्र होइन देश नै दुर्घटनामा गइ राष्ट्र नै असफलतातिर नजाला भन्न सकिन्न । के गणतन्त्रमा यस्तो स्वेच्छाचारी निर्णय गर्ने हक राष्ट्रपतिलाई हुन्छ ? के राष्ट्रपति कार्यालयले दिएको समय उचित छ ? किनमहामारीको समयमा यस्ता हर्कतहरु खेलिन्छन । यी सबै प्रशनहरुको उत्तर खोज्ने बेलाआएको छ ।
“जो गाँउको मुखिया, उही बाटो……..भनेझै” जसले संविधानको रक्षागर्नु पर्ने थियो त्यो नै भक्षकभएको छ । यो घटनालाई लिएर प्रतिपक्षदल नेपालीकांग्रेस, माओवादी केन्द्र, अन्य विभिन्न राजनीतिक दल, कानुनविद, विभिन्न वौद्धिक ब्यक्तीहरुले समेत यो कदमको विरोध गरेका छन् । नेपालीकांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षडयन्त्र भएको आरोप लगाएका छन् । नेता पौडेलले यस्तो परिस्थितिमा संविधान जोगाउने प्रयासमा लाग्न दलहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको पार्टी कार्यलयले विज्ञप्ती निकाल्दै राष्ट्रपतिबाट नयाँ सरकार गठन गर्नका लागिप्रकृया सुरु गर्न भनि आह्वान गर्दै जारी गरेको बिषयलाई असंवैधानिक भएको ठहर गरेको छ । त्यस्तै गरेर नेकपामाओवादी केन्द्रका अध्यक्ष प्रचन्डको सचिवालयले २४ घण्टा भित्र प्रधानमन्त्रि बन्ने भए आउ भनेर राष्ट्रपति ले भन्नु बिल्कुलै संविधान बिपरित भएको प्रतिकृया जनाएको छ । माओवादी केन्द्रकी स्थाई कमिटी सदस्य पम्फा भुषालले राष्ट्रपतिको कदम पुष ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकै शिलशिलाभएको बताएकी छिन् । उनले राष्ट्रपतिको आह्वान फिर्ता हुनु पर्ने पार्टीको लाइन रहेको बताइन । उनको यो भनाइमा धेरै हद सम्म सत्यता देखिन्छ । ज.स.पा.नेपालका संघीय परिसद्का अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि राष्ट्रपतिको कदमको विरोद्ध गरेका छन् । उनले भनेका छन् “राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्र र संविधानमाथीको आक्रमण रोक्न सबैले दलीयतथानिजी स्वार्थ त्यागेर निकास दिनु पर्ने बताएका छन् ।” उनले ट्विट मार्फत राष्ट्रपति र प्रधानमन्त्रीलाई खुरापातशिरोमणीको संज्ञा दिदै कटाक्ष समेत गरेका छन् ।
संविधानविद् तथाकानुन विद्हरुले पनि अहिलेको राष्ट्रपति र सरकारको कदमको तिव्र बिरोद्ध गरेका छन् । संविधानविद् भिमार्जुन आर्चायले वर्तमान सरकार प्रमुख ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिई वा राजिनामा नगरी नयाँ सरकार गठनको बाटो नखुल्ने बताएका छन् । विश्वासको मतलिने प्रकृया प्रारम्भ हुुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था छैन । अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनिप्रधानमन्त्री पद मुक्त्त नभएको अवस्थामा नयाँ सरकार गठनको आह्वान हुनु संविधान विपरित भएको बताएका छन् । त्यस्तै गरेर अर्का संविधानविद् डा. विपिन अधिकारिले समेत उक्तकदमको विरोध गरेका छन् । उनले भनेका छन् “प्रधानमन्त्रीले राजिनामानगरी अर्को सरकार गठनको प्रकृया अघि बढ्नु व्यवहारिक नभएको छ ।”राष्ट्रपति देशको सर्वोच्च संस्थाहो । सरकारले संबिधान कुल्चेको अवस्थामा राष्ट्रपतिले संविधानको रक्षा गर्दै अघि बढ्नु पर्छ । राष्ट्रपति सम्पूर्ण जनताको अभिभावक हो । यस्तो अवस्थामा राष्ट्रपतिले सरकारलाई संविधानको भावना अनुकुल भएन, संविधानसभाको मनसाय अनुकुल भएन भनेर पुर्नविचार गर्नुस् कि त बिश्वासको मत लिएर आउनुस् कि राजिनामा लिएर आउनुस् भनेर भन्नु पथ्र्याे तर त्यो कार्य राष्ट्रपतिबाट भएनप्र धानमन्त्रीको सिफारीसलाई “चेक”गर्नुको सट्टा प्रधानमन्त्रीकै इशारामा चल्नु देश र जनताका लागि पक्कै राम्रो होइन । विगतमा पनि यस्तै घटना नदोहोरीएका होइनन् । अहिलेको परिदृश्य हेर्दा प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधीमा जाने खेल खेलेका छन् । कोरोना माहामारीले जनतालाई थुनेको र देशको अर्थतन्त्र टाट पल्टेको अवस्थामा यस्तो हर्कत गर्नु पक्कै पनि राम्रो होइन । संविधान छल्ने र संसदलाई प्रयोजन हिन बनाउने षड्यन्त्र कदापी नेपाली जनतालाई स्विकार्य हुदैन ।
मुलुक आज पिडादायी मृत्युको शिकार भएको छ । देशका शासक सही हुन्थे भने नेपालीजनता कुकुर मरे झै मर्नु पर्ने थिएन । देशका शासकले गम्भिर बिषयलाई गम्भिरता पूर्वक नलिनाले भएका मृत्युलाई सामान्य दुर्घटना मानेर सधै भरी आफु कुर्सीमा बस्नु मिल्दैन । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माको शव्दलाई सापटी लिदै भन्नु पर्दा देश आजआई.सी.यू माअनि एउटा उदास भेन्टिलेटरको अलमलमा छ, कसलाई जोडुँ—सासकालागि तड्पिरहेको नागरिकलाई कि सत्ताकालागि छट्पटिरहेको नागरिक सरकारलाई ? त्यसैले प्रधानमन्त्रीज्यू, आज म तपाईको सत्तासँग मृत्युसंवाद लेख्न लाग्दै छु । कोरोनासँग जुध्दै र जित्दै छु । मेरा केहीयुवाहरु, मित्रहरु, जसले अघिल्लो र यो सातामाहामारीले मृत्यु प्राप्तगरे, म तिनको आफन्तहरुको तर्फबाट यीशब्दहरु लेखिरहेको छु र सोधिरहेको छु ः यी मृत्यूको मुद्दा कहाँदार्ता गरौ प्रधानमन्त्रीज्यू ?
पूर्व प्रधानन्याधिस शुशिलाकार्कीले पनिगम्भिर आपत्तीजनाए कि छिन । उनले भनेकी छिन्,“प्रधानमन्त्रीले विश्वासको मतपाउने आधार छैन भनेर राष्ट्रपतिले घोषणा गर्न मिल्दैन । त्यो त संसदमा निर्यण हुने हो । संसदमा प्रक्रिया नै शुरु नगरी रिजल्ट फ्ल्यास आउट गर्दिने !” प्रधानमन्त्रीले विश्वासको मत फेस गर्न पाउदिन भन्न नै पाउदैन । बारका पूर्व अध्यक्षशम्भु थापाले त राष्ट्रपतिको कदम महाअभियोगकालागि योग्य छ भनेका छन् । उनले थपभनेका छन्, “अहिले त राष्ट्रपति र प्रधानमन्त्रीले घरधन्दा गरे जस्तो भयो, संविधान नै ठाडै मिचियो । सरकार गठनमा नोकरलाई आदेश दिए जस्तो भयो । अब अन्यदलले अविश्वासको प्रस्तावको लागिविशेष अधिवेशनगर्नु पर्छ । अहिलेको बेला संसद मर्नु भएन । ”
अन्त्यमाआज कोनोना माहामारीले देशको अवस्था भयावह बनाइ रहेको छ तर सरकार चलाउने व्यक्ति भने सत्ता, सरकारको जोड घटाउको अंक गणितीय हिसाबमा रुमलिएको छ । बिपतको कसरी सामनागर्ने भन्ने तिर कुनै खास ध्यानदिन सकेको छैन । बरु उल्टै सरकार प्रमुख अब आशु खसाउनु पर्देन, कोहीभोकै मर्नु पर्दैन, अब चेलीको चुरा फुट्दैन, कोही अब टुहुरा हुनु पर्दैेन, देश बिकास गर्न कसैले रोक्न सक्दैन भनीगुलियो कुराहरु मात्र गरिरहेको छ । तर परिणाममा त्यसको विपरित छ । नागरिकको ज्यान कसरी बचाउने भन्दापनि मरेका लाशहरुलाई व्यवस्थितगर्न घाटको चिताथप्ने योजनामा केन्द्रित छ । यो भन्दा हृदयविदारक कुरा के हुन सक्ला? सबैले सोच्ने बेलाआएको छ ।





