काठमाडौं, फागुन १९ गते । सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक सम्पन्न भएको छ । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमाेदनपछि बसेकाे पहिलाे गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनकाे विषयमा छलफल भएको छ । ‘चार दलकाे बैठकमा एमसीसी अनुमाेदनका लागि सहमति जुटेकाेमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद व्यक्त गरिएको छ ।
विकसित राजनीतिक परिस्थितिमा सरकार, गठबन्धनको भूमिकाकाे विषयमा छलफल केन्द्रीत भएको जनाइएको छ। खासगरी, एमसीसी परियाेजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयाेग फिर्ता जाने भएकाले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको बताइएको छ ।
सार्वभौम संसदमा अवराेध छ, जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल केन्द्रीत भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीलगायतका शीर्ष नेताहरुकाे उपस्थिति रहेको थियाे ।





