काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो ।
नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको छ । अहिले स्थायी कमिटीका नेताहरु निष्कर्ष निकाल्न छलफलमा रहेको समाचार प्राप्त भएको छ ।
अधिकांश केन्द्रीय सदस्यहरुको सुझाव मिल्दोजुल्दो भएको सम्मानजनक एकता हुनुपर्छ भन्नेमा लगभग एकमत रहेको जनाइएको छ ।
तर अध्यक्ष केपी शर्मा ओली समूहसँग आशंका कायमै रहेको, आशंकाका बीच पहिलो प्राथमिकता भने पार्टी एकता नै हुनुपर्नेमा नेताहरु सहमत रहेको बुझिएको छ ।
ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा नरहेको पुष्टि हुने नेताहरुको भनाइ थियो ।
एकता त गर्ने हो । तर घिसारिएर जान सकिँदैन । सम्मानजनक अवस्था बन्दैन भने एकता नगरे पनि हुन्छ भन्ने मत पनि रहेको अवस्था छ ।





