नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने भएका छन्। बुधबार एमाले केन्द्रीय कार्यलयमा बसेको छलफलपछि उक्त सहमति भएको हो ।
एमाले र राप्रपा नेपालबीच बुधबार स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने सहमति भएको हो। एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशिलकुमार श्रेष्ठले आज पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमतिका क्रममा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए ।
सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनाव लड्ने भएका छन्।






