काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ बैंकले १ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन्। जसमा कुमारी बैंक सर्वाधिक नाफा बृद्धि गर्ने बैंक बनेको छ। कुमारीले गत वर्षको सुरुआती तीन महिनामा २६ करोड नाफा कमाउँदा यस वर्ष १ अर्ब ८ करोड खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो बर्षको तुलनामा ३०९ प्रतिशतले बढेको देखाउँछ।
सर्वाधिक नाफा आर्जन गर्ने बैंकहरूको सूचीमा नबिल बैंक पहिलो स्थानमा छ । जसले २ अर्ब ५ करोडभन्दा बढी नाफा कमाएको छ। ग्लोबल आईएमईले डेढ अर्ब, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब ४६ करोड र अन्य बैंकहरू प्राइम, एनएमबी, एभरेष्टले पनि अर्बभन्दा बढी नाफा आर्जन गरेका छन्।
प्रतिशतको आधारमा कुमारीपछि सिद्धार्थ बैंकले ८०० प्रतिशत नाफा वृद्धि गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। लक्ष्मी सनराइज बैंकले ४२१ प्रतिशत र नेपाल बैंकले ३२३ प्रतिशतले नाफा बढाएका छन्। हिमालयन र लक्ष्मी सनराइजजस्ता ठूलो मर्जर भएका बैंकहरूले भने अर्ब नाफा बटुल्न नसकेको देखिएको छ।





