खोप कार्ड बेचेर १५ लाख डलर अर्थात १८ करोड नेपाली रुपैयाँ कमाउने न्युयोर्कको लङ आइल्याण्डका दुई नर्स पक्राउ परेका छन्।
न्युयोर्कको राज्यको डाटावेसमा खोपा नलगाएकाहरुको विवरण पनि खोप लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो।
४९ वर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।
उनीहरु वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थ केयरमा कार्यरत रहदै आएका थिए भने डेबुनो त्यसकी संचालक समेत हुन्।
उनीहरुले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को जनवरीसम्म ३ महिनाको अवधिमा भ्याक्सिनकार्डहरु बेचेका थिए।
बयस्कलाई २२० डलरमा र बालबालिकाहरुका लागि ८५ डलरमा कार्ड बेचिएको थियो। उनीहरुले सरकारी गुप्तचरहरुलाई पनि नक्कली कार्ड बेचेपछि फन्दामा परेका हुन्।





