काठमाडौं: इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ ।
राजधानी जाकार्ताकाे बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको र अरु केही घाइते भएका बीबीसीले जनाएको छ ।
त्यहाँकाे बान्टेन प्रान्तकाे तेङ्गराङ्ग जेलको ब्लक सीमा आगो लागेको त्यहाँको प्रहरीले जनाएको छ ।
आगो लाग्दा त्यहाँ १ सय २२ जना कैदी थिए । ४० जना क्षमता भएको जेलमा १ सय २२ जना कैदी राखिएको थियो ।
उनीहरु लागु औषधको कारोबारमा दोषी पाइए पछि सजाय काटिरहेका थिए ।
आगलागी हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





