काठमाडौं / ज्योति विकास बैंकले कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजासंग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ % छूट सम्बन्धी सम्झौता गरेको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठकले हस्ताक्षर गर्नुभएको हो।
बैंकले भिसा डेबिटकार्ड वाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवाहरुमा थप छुट दिन सो सम्झौता गरेको हो। होटल सेन्ट्रल प्लाजा कोहलपुरस्थित सम्पूर्ण आधुनिक सुविधा सम्पन्न पाँचतारे होटल हो।
यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविटकार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।
ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
प्रेस बिज्ञप्ती





