निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ।
सोमबार शीतल निवास पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका हुन्।
संवैधानिक अंगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभा सदस्यहरूको १९ रिक्त पदको यही माघ १२ गते निर्वाचन सम्पन्न भएको थियो।






