काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग फोनमार्फत संवाद गरेका छन्। अध्यक्ष ओलीले आफूसँग संवाद गर्न इच्छुक नागरिकसँग बुधबार नाम र नम्बर टिपाउन आव्हान गरेका थिए। दुई दिनमा करिब १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए।
ओलीले गोलाप्रथा प्रणालीबाट छान्दै सम्पर्क गरेका थिए। पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज शुक्रबार दिउँसो १ बजेदेखि ओलीले नागरिकका प्रश्नको जवाफ दिन सुरु गरेका थिए।





