नेकपा एमालेले आगामी असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। बिहान बसेको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त छलफल भएको बताएका छन्।
एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन्।
यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीले गरेको कारवाही मान्य नहुने यसअघि नै बताइसकेको छ। यस्तै बैठकले सर्वोच्चको उक्त निर्णयलाई गम्भीर र त्रुटिपूर्ण भनेको छ।
उनले भने, ‘जेठ २७ गते सर्वोच्च अदालतले गरेको आदेश गम्भीर र त्रुटिपूर्ण हो भन्ने हाम्रो निष्कर्ष हो। त्यसलाई बदर गराउनका लागि हामी भ्याकेटमा पनि गइसकेका छौँ।’





