नेकपा एमालेले सार्वजनिक गरेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ। एमालेले आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्ने खालको लोगो बनाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको हो।
एमालेले गत असोज १५, १६ र १७ मा गरेको विधान महाधिवेशनबाट पार्टीको नयाँ लोगो सार्वजनिक गरेको थियो। उक्त लोगोमा सूर्यभित्र हँसिया हथौडा अंकित गरिएको छ। माओवादीले आफूहरूको चुनाव चिह्न, गोलाकारभित्रको हँसिया हथौडासँग मिल्दो लोगो एमालेले प्रयोग गरेको दाबी गरेको छ।
लोकतन्त्रमा विधिको शासनलाई अवलम्वन गर्नु पर्छ। निर्वाचन कानुन अनुसार एउटा दललाई दिई सकेको चुनाव चिन्ह अर्को दलले चुनाव चिन्ह वा लोगोको रुपमा प्रयोग गर्न मिल्ने देखिन्न,गुरुङले भने। गोलाकारभित्रको हँसिया हथौडाअंकित चुनाव चिह्न माओवादी केन्द्रले प्रयोग गर्दै आइरहेको छ।





