नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्घाटन गरेका हुन्।
पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताए। उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताए।
उनले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने उनले बताए। एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ। अर्को निर्माणाधीन घर पनि भाडामा लिएइएको छ।
एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पार्टी कार्यालयको मासिक भाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिए। पार्टी कार्यालय रहेको घर पूजा थापा बस्नेतको नाममा छ। नेता भुषालले घरबेटी आफ्नो पार्टीनिकट नरहेको बताए।
‘पार्टीमा उहाँको संलग्नता थाहा छैन। हामीले भाडा तिर्ने सम्झौता गरेर पार्टी कार्यालय खोलेका हौं,’ भुसालले भने। चार* तले घरमा १२ वटा कोठा छन् भने अर्को घरको पहिलो तलामा तीन कोठा बनिसकेका छन्। माथिल्लो तलामा हल बनाउने काम भइरहेको छ।
एकीकृत समाजवादीका अर्का नेता राजेन्द्र पाण्डेले पाँच वर्षका घर भाडामा लगिएको जानकारी दिए।





