पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ३ सय १८ जना नयाँ संक्रमित थपिएका छन् भने एक जनाको ज्यान गएको छ ।
सात हजार सात सय ४३ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा तीन सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ६२ जना संक्रमणमुक्त भएका छन् भने सोहि अवधिमा एक लाख १५ हजार चार सय ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हाल नौ हजार ६ जना ७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो ।





