पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६३२ पुगेको छ।
यस्तै आज ६४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन्।पछिल्लो २४ घण्टामा २१ हजार ७ पीसीआर तथा ६ हजार ४९० एन्टिजने परीक्षण भएको छ।





