काठमाडौं: परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त हुनु भएको छ ।
खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको समाचार छ।
आज १ बजे सपथ ग्रहणको कार्यक्रम रहेको बताइएको छ ।
हिजो सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा. नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो ।





