एमाले अध्यक्ष ओलीलाई भेट्न नेपालका लागि पाकिस्तानका राजदूत सयैद हैदर शाह आइतबार ओली निवास बालकोट पुगेका छन् । नेपाल र पाकिस्तानको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ पार्नका लागि शाह ओलीलाई भेट्न पुगेको दूतावासले जानकारी दिएको हो ।
अध्यक्ष ओलीले भविष्यमा पनि नेपाल र पाकिस्तानको सम्बन्ध सुदृढ गर्न सकारात्मक भूमिका खेल्ने पनि उनले आशा व्यक्त गरे
भेटका क्रममा राजदूत शाहले ओली प्रधानमन्त्री हुँदा दुई देशबीचको सम्बन्धलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गरेका थिए । जवाफमा ओलीले पनि राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझै उन्नत हुने विश्वास व्यक्त गरे ।





