काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन्। उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो।
एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन्। सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ।
ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन। यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ। ट्रम्पले भने अदालतको फैसला अपमानजनक भएको बताएका छन्। उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन्।
पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्पविरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत गरिएको छ।
https://www.facebook.com/v2.7/plugins/share_button.php?app_id=193851637695527&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df5a5465f2b91c%26domain%3Dthahakhabar.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fthahakhabar.com%252Ff36437cd19b2328%26relation%3Dparent.parent&container_width=0&href=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F177775%2F&layout=box_count&locale=en_US&sdk=joey&size=small





