काठमाडौँ, माघ २३ गते । भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा निधन भएको छ । थुप्रै नेपाली गीतमा पनि स्वर दिएकी लता मङ्गेसकरकाे मुम्बइमा निधन भएकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ । उनीलाई गत जनवरीको सुरुमा कोरोना संक्रमण भएपछि मुम्बइको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणपछि उनीमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिकमा उनीलाई भेन्टिलेटरमा राखिएको भए पनि उनीको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको थियो ।





