नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गुप्तचरसँगको भेट आफूले नलुकाएको उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर भेट गरेको पनि उहाँले दावी गर्नुभयो । तर सो भेटबारे मिडियामा चर्चा नभएको उहाँको भनाइ छ ।
‘जे कुरामा पनि एमालेलाई दोषी देखाउने काम भइरहेको छ’ अध्यक्ष ओलीले भन्नुभयो, “भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने । मैले सार्वजनिक रुपमा भेटेर कुरा गरेँ ।’ भेटमा जनताको हितको पक्षमा कुरा गरेको उहाँले दावी गर्नुभयो ।
अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानूनीराज नरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि मजाक गरेको उहाँको भनाइ छ ।
छिमेकी देशलाई विवादमा तान्ने प्रयास गर्न नहुने उहाँको भनाइ छ । नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न कसैलाई छुट नभएको उहाँले चर्चा गर्नुभयो । प्रितम सिंहले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि पत्रकार सम्मेलन गरेर प्रष्ट पार्नुपरेको उहाँले बताउनुभयो । सिंहले आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको भनाइ राख्नुभएकाले उहाँलाई पनि विवादमा तान्ने काम भएको उहाँले चर्चा गर्नुभयो ।
“मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहि





