लमजुङ, बैशाख ३१ गते । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको अध्यक्षमा पुनः लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । यसअघि पनि गाउँपालिका अध्यक्ष रहनुभएका घले शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
४१ मतले काँग्रेसका प्रतिस्पर्धी छिरिङ ध्वर्जे लामालाई हराउदै उहाँ विजयी हुनुभएको हो । नेकपा (एमाले)का घलेले ३२० मत ल्याउनुभएको थियो भने काँग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याउनुभएको छ ।





