भत्ता पनि खाने, संसद पनि चल्न नदिने
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा बितण्डा मच्चाएको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भने, ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्ता मात्रै खाने, हामीलाई हैरान पार्ने। संसदमा केपी ओलीको बितण्डा कति सहने।’
केपी ओलीले आफूहरूलाई हैरान पारेको भन्दै संसद् विघटन गरेर चुनावमा जानु उपयुक्त हुने उनले तर्क गरे। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ। एमालेले आफूले कारबाही गरेका माधव नेपालसहित १४ संसदमाथिको कारबाही सदर हुनुपर्ने या सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आइरहेको छ।





