किभ : रूसले युक्रेनमा हवाई आक्रमण तीव्र पारेको छ। रूसी विमान र तोपले पश्चिममा युक्रेनी हवाई पट्टीमा आक्रमण गर्दा गरेको छ। यसैगरी पूर्वमा रहेको प्रमुख औद्योगिक केन्द्रमा बम र गोला प्रहार गरेको छ।
अमेरिकी रक्षा अधिकारीहरूले रूसी पाइलटहरूले दैनिक २०० बम खसालेका थिए। युक्रेनी सेनाले भने पाँचदेखि दशवटा बमको खसालेका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनी सेनाले रूसी विमानको आक्रमणको सामना गर्न सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र, रकेट र ड्रोनको प्रयोग बढाइरहेको छ।
स्याटेलाइटबाट प्राप्त तस्बिरहरूले राजधानी कीभ र आसपासका आवासीय परिसरहरूमा रूसी र युक्रेनी सैनिकबीच भीषण आक्रमण भइरहेको छ।
म्याक्सर टेक्नोलोजीले खिचेका तस्बिरमा किभका बाहिरी भागमा रहेको मोशुन शहरमा तोपबाट निस्कने आगोको ज्वाला र धुवाँसँगै ठूला खाल्डाहरू र जलिरहेका घरहरू देखिएका छन्।
केही तस्बिरहरूमा किभको पूर्वमा रूसी बम आक्रमणबाट पूर्ण ध्वस्त भएको गाउँमा पोखरी, रेस्टुरेन्ट र थिएटरको भत्किएको पर्खालमा चढेको गाउँलेहरूलाई देखाइएको छ।
‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक दिन यहाँ शासन गर्नेछु भन्ने सोचेर डरलाग्दो विनाश ल्याए’, स्थानीय ६२ वर्षीय इभान मर्जिस्कले भने।





