राष्ट्रिय सभा निर्वाचन बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको थियो। मतदान गर्न लुम्बिनी प्रदेशका दुई मतदाता भने हेलिकप्टरमा आएका थिए।
नवलपरासी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जुकुमारी चौधरी र पाल्पा रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय हेलिकप्टर चढेर मतदान गर्न दाङ आएका हुन्। उनीहरू दुबै जना ०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए।
बिरामी रहेका उनीहरूलाई हेलिकप्टरबाट मतदान स्थल ल्याइएको एक नेताले बताए। दुई जिल्लाका उनीहरूलाई लिन एकै हेलिकप्टर गएको थियो। लुम्बिनीमा प्रदेश सभाका ८१ जनाले नै मतदान गरेका छन्। भने स्थानीय तहका २१५ मध्ये २१३ जनाले मतदान गरेका थिए।





