लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टी कार्यालयका सचिव रन्जीत झाले बिहीबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
शुक्रबार बिहान साढे ११ बजे बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिने जानकारी गराइएको छ ।





