नन्दलाल खरेल
बेखबर हराएको अत्तालिएको हावा छ शहरमा
धुलो– धुवा बेपवार्ह ढंगले मडारिएको छ शहरमा
डन तस्कर र विचौलियाको रजगत छ शहरमा
तछाड – मछाड घम्साघम्सी,बलमिच्चाई छ शहरमा
भेला सम्मेलन महाधिबेशन नेता अनुमोदित छ शहरमा
लुटनीति,फुटनिति जुटनिति छ सवै संसदीय दलमा
नीजि अस्पताल ओम्रिकनको पखाईमा छ शहरमा
भीड,मनसुन,अत्याचार,बलत्कार छ शहरमा
वच्चा देखि बुढासम्म इन्टरनेटको फन्दामा छ शहरमा
यौनकर्मी वाध्य छ सडकमा ग्राहकको खोजिमा
एकथरी जीबनयापनको लागि अथक संघर्षमा छ शहरमा
अर्र्काथरी डिस्को बार फाइभ स्टारमा मस्त छ शहरमा





