काठमाडौं: सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुर्याइएका रेशम चौधरी जनता समाजवादी पार्टी (जसपा) को विवादमा तटस्थ बसेका छन् । तर आफ्नो रिहाइबारे राजनीतिक वक्तव्य दिएका छन् ।
महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो ।
निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो ।
तर रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताए । आयोगको आग्रहमा कारागार प्रशासनले उनलाई सोमबार अपरान्ह उपस्थित गरायो ।
कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’
अघि भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय ।’





