काठमाडौँ, फागुन १३ गते । प्रतिनिधि सभामाको बैठक आज बस्दैछ । सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा बैठक स्थगित गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गरेका थिए । मन्त्रीद्वयको आग्रहपछि बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा बैठक स्थगित गरिएको थियो ।





