२९ ,भाद्र काठमाण्डाै
श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठनको जारी अभियान तिव्र बनेको छ।बैचारिक रुपमा पार्टी निकट अर्थात अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघले” श्रमिक हाम्रो साथी,भरोसा…. हामिमाथी ,आउनुहोस ……” नारामा ४ महिने अभियान सञ्चालन गरेको छ।संगठनका अनुसार उक्त अभियान घोषित रुपमा राष्ट्रिय सम्मेलन सम्म सुचारु रुपमा रहने छ।अभियानकै क्रममा आज बिहान प्रमुख पेशागत संघहरु;होटल तथा रेष्टुराँ श्रमिक,पेट्रोलियम ढुवानी,क्याटरिङ्ग र अटोमेकानिक्स श्रमिक संघको प्रतिनिधित्व हुनेगरी एक संगठन निर्माण एबं प्रचार प्रसार कार्यक्रम सम्पन्न गरिएको हो।आज काठमाडौंको ठुलोभर्याङ्ग ,स्वयम्भुमा कार्यक्रम आयोना र सम्पन्न भएको हो।कार्यक्रममा महाँसंघ केन्द्रीय संयोजक समेत रहेका श्रमिक कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति सदश्य बिनोद थापाको प्रमुख आतिथ्यता रहेको थियो।अभियानलाइ सार्थक र पुर्णतामा लैजान यसलाइ औपचारिक तहबाट अघि बढाउन खोजिएको बताइएको छ।यो बिचमा अटोमेकानिक्स श्रमिक संघको मातहत रहने गरि इकाइ तथा सम्पर्क कमिटी निर्माण भएका छन।
होटल ,रेष्टुराँ लगायत क्षेत्र श्रमिकहरुले उठाइरहेको सेवा तथा सुविधा सँग सम्बन्धित माग सम्बोधन भएको छैन।पेट्रोलियम ढुवानी क्षेत्र श्रमिकहरु र रोजगारदाता पक्षबिचमा भएका कतिपय पुर्व सहमती समेत कार्यान्वयन नभएको अवस्था देखिन्छ भने अनौपचारिक क्षेत्र दैनिक ज्यालादारी ढुवानी श्रमिकहरुले अपेक्षित श्रम अभ्यासको निमित्त सास्ती ब्यहोर्नुपरिरहेको छ।कार्यक्रममा बोल्दै प्रमुख बक्ता बिनोद थापाले श्रमिकहरुमाथिको सबैखाले श्रमशोषण हल गर्न नव- औपनिवेशिक पुँजिवाद र पुँजिवादी शत्तासँघ निर्णायक संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा महाँसंघ केन्द्रीय सदश्य समेत रहेका पार्टीको सम्मेलन आयोजक समिती सदश्य बिएस शर्मा (पौडेल)सहित महाँसंघका अगुवा नेता तथा पेशागत प्रतिनिधिहरु अतिथी हुनुहुन्थ्यो ।अटोमेकानिक्स स्वरोजगार श्रमिक कौशर अलिको बिशेष उपस्थिति रहेको कार्यक्रममा श्रमिकहरुको सहभागिता प्रमुख आकर्षणको रुपमा रहेको थियो
। अभियान क्रममा सदश्यता बितरण शहितको संगठन बिस्तारलाइ प्राथमिकतामा राखी श्रमिक हित बिरोधी पक्षसँग सशक्त संघर्ष गरिने समेत जनाइएको छ।कार्यक्रमको सञ्चालन महाँसंघका केन्द्रिय सदश्य सरोजले गरेका थिय। कार्यक्रममा महासंघ सम्बद्ध पेशागत संघ होटल तथा रेष्टुराँ,अटोमेकानिक्स,र अन्यमा कार्यविभाजन सहित जिम्वेरी ठोस गरि पुर्णतामा जाने निर्णय समेत लिइएको छ।





