साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्।
यही फागुन ३० देखि चैत १ गतेसम्म साउदीका परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गर्ने भएका हुन्। उनी जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेका हुन्।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साउदी अरबका परराष्ट्र मन्त्री नेपाल भ्रमणमा आउन लागेको जानकारी दिए।
मन्त्रिपरिषदले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने पनि निर्णय गरेको छ।





